औद्योगिक कोरिडरमा सरकारी अनुगमन तीब्र, तेल उद्योगदेखि पानी उद्योगसम्म निशानामा

August 30, 2018 12:11 pm

वीरगंज।बारा -पर्सा औद्योगिक कोरिडरका खाद्य उद्योगमा सरकारी अनुगमन तीब्र पारिएको छ।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न तेल उद्योगदेखि खानेपानी उद्योगसम्म अनुगमन भइरहेको छ।

अनुगमनको क्रममा केही उद्योगमा मापदण्ड विपरित रहेको भन्दै सिलबन्दी गरिएको छ। कोरिडरमा रहेको चारवटा मिनरल वाटर उद्योगमा स्थानीय प्रशासनले सिलबन्दी गरेको छ । गत सोमबार जिल्ला प्रशासन कार्यालय पर्साले तीनवटा उद्योगमा सिलबन्दी गरेको थियो भने बुधवार बारा प्रशासनले बाराको एउटा मिनरल वाटर उद्योगमा छापा मारेको छ।

जिल्ला प्रशासन कार्यालय, बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीको टोलीले बाराको जीतपुर, भवानीपुरमा रहेको वीरगंज फूड इन्डस्ट्रिजमा सिलबन्दी गरी स्टार एक्वा ब्रान्डको मिनरल वाटर उत्पादनमा रोक लगाएको हो । प्रशासनको टोलीले उद्योगमा छापामा हानी मापदण्डविपरीतको अखाद्य पानी उत्पादन गरी बिक्री वितरण गरेको फेला पारेपछि उत्पादन रोक्न र बिक्री वितरण बन्द गर्न निर्देशन दिएको प्रशासकीय अधिकृत कार्कीले जानकारी गराए । “अहिले उद्योगलाई सिलबन्दी गरी उत्पादन रोकिएको छ । जबसम्म मापदण्ड पूरा हु“दैन तबसम्म सो उद्योग सञ्चालन नगराउने निर्देशन दिएका छौं”– उनले भने । त्यसैगरी जिप्रका, बाराले सोही दिन बारा, परसौनीमा रहेको एउटा अवैध घिउ उत्पादन गर्ने उद्योगमा सिलबन्दी गरी उद्योगको थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

भारतबाट विभिन्न ब्रान्डको घिउ मगाई उक्त उद्योगले नक्कली स्टिकर लगाएर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको पूर्वसूचनाको आधारमा बारा प्रशासनले छापा हानेको थियो । प्रशासनको टोली उद्योगमा पुग्दा कामदार र सञ्चालक फरार छन् । कार्यालयले यसअघि मापदण्ड पूरा नगरेको भेटेपछि वीरगंजको निर्मल जल, एक्वा तराई र फ्रेन्ड्स ब्रान्डका मिनरल वाटर उद्योगमा छापा हानी सिलबन्दी गरेको थियो ।

फेमलीलार्इ क्लिन चिट
यसैबीच बाराको जीतपुरमा रहेको शिवशक्ति रिफाइनरी प्रालिमा बारा, प्रशासनले गरेको सिलबन्दी खोलेको छ । परीक्ष्ँणको लागि खाद्य विभागको कार्यालय हेटौंडामा लगिएको जा“चको रिपोर्ट अनुसार अखाद्य वस्तु फेला नपरेकोले सिलबन्दी खोलिएको बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले जानकारी दिए।

त्रिवेणी टेक्सटाइलको क्यान्टिन र जीतपुरको हनुमान सप्लायर्सबाट बरामद गरिएको करिब दुई सय कार्टुन फेमिली तेल उद्योगमा फिर्ता पठाइएको उनले बताए । ‘फेमिली’ तोरीको तेल उत्पादन गर्ने बाराको शिवशक्ति रिफाइनरी प्रालिमा प्रशासनले छापा मारेर उद्योगमा सिलबन्दी गरेको थियो।

फेमिलीको ब्रान्डमा अखाद्य वस्तु मिसाइएको प्रशासनमा उजुरी परेपछि आवश्यक कारबाहीका क्रममा जितपुरमा रहेको उद्योगमा छापा मारेर गोदाम शिलबन्दी गरेको थियो।प्रशासनमा उजुरी परेकै आधारमा उद्योग सिलबन्दी गरेर नमूना परीक्षणका लागि नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय हेटौँडामा पठाएको थियो।

नमुना परीक्षणको प्रतिवेदन नआएसम्म शिलबन्दी गरिएको उद्योगको गोदाम र थोक बिक्रेतालाई तेल बिक्रीमा प्रशासनले रोक लगाएको थियो।नितनपुर, बारास्थित त्रिवेणी टेक्सटायल्स प्रालिभित्र मजदुरको लागि सञ्चालित क्यान्टिनले खरिद गरेको ४८ कार्टुन फेमिली तोरीको तेलको रङ र बास्ना फरक परेपछि क्यान्टिन सञ्चालकले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी गरेका थिए।