उपत्यकामा इन्द्र जात्रा पर्वले सोमबार नेप्से नखुल्ने

September 24, 2018 12:39 pm

सरकारले इन्द्र जात्राको सार्वजनिक विदा दिएका कारण सोमबार सेयर कारोबार बन्द छ। नेपाल स्टक एक्सचेञ्जको कार्यालय उपत्यकामा नै रहेका कारण सेयर ब्रोकरहरुको आरडब्लुएस शाखामा पनि सेयर कारोबार हुने भएको हाे । मंगलबार भने साविक समय बिहान ११ बजेदेखि ३ बजेसम्म नै बजार खुल्नेछ । आइतबारको बजारमा नेप्से परिसूचक २.६१ अंकले बढेर १२५७.६८ बिन्दुमा बन्द भएको छ । नेप्से सामान्य बढेपनि कारोबार भने उत्साहपूर्ण नै रहेको थियो ।

आइतबार म्यानुअल कारोबार भएका कारण ५५ लाख ६७ हजार ३८ कित्ता सेयर कारोबार भएको छ ।