आश्रममा रहेका बालिकाहरुलाई मह चखाइयो

March 26, 2021 9:41 pm

चितवन,चैत १३
भरतपुर महानगरपालिका वडा नम्बर १ देबघाट स्थित बालिका आश्रममा रहेका बालिकाहरुलाई मह चखाउने कार्यक्रम सम्पन्न भएको छ । दैनिक गरौं मह सेवन हुन्छ स्वास्थ दीर्घ जीवन भन्ने नाराका साथ १५ औ राष्ट्रिय मह दिवसको अवसर पारेर नेपाल मौरी पालक महासंघले कार्यक्रम आयोजना गरेको हो।

महासंघका केन्द्रिय अध्यक्ष शिव प्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला बिकाश समितिका पुर्ब सभापति एवम् जिबिस महासंघका संस्थापक अध्यक्ष समाजसेवी कृष्णलाल सापकोटा ,बाग्मती प्रदेश मानवीय सांसद कृष्ण भुर्तेल ,कृषि ज्ञान् केन्द्र चितवनका प्रमुख राजन ढकाल ,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मौरी जोनका अधिकृत माधव पौडेल ,नेपाल मौरी पालकसंघका संस्थापक अध्यक्ष प्राद्यापक डाक्टर खेमराज नौपाने लगाएतले बोल्नु भएको थियो ।

देशमा उत्पादन भएको मह चखाउने कार्यक्रमलाई निरन्तरता दिदै कार्यक्रम गरिएको महासंघका अध्यक्ष पौडेलले बताउनुभयो । आज देशका प्रदेश ,जिल्ला तथा गाउँपालिका गरि ३८ स्थानमा एकैसाथ शाखा बिस्तार भएको पौडेलले बताउनुभयो ।कार्यक्रममा आश्रममा रहेका बालिकाहरुलाई खाना समेत खुवाइएको थियो ।