नेपाल ओली समुहको वार्ता सकारात्मक

चैत्र २,काठमाण्डौ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीचको वार्ता सकिएको छ । पार्टी कार्यालय धुम्वाराहीमा सम्पन्न भएको वार्ता विना निष्कर्ष सकिएपनि छलफल सकारात्मक भएको वार्तामा सहभागी दुवै पक्षका नेताहरुले वताएका छन ।
छलफलमा सहभागी नेता रघुजी पन्तले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने र निर्णय फिर्ता लिन माग गरेको बताए। त्यस्तै ओली पक्षले नेता माधवकुमार नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेला नगर्न आग्रह गरेको छ ।
छलफलमा सहभागी अर्का नेता प्रदीप ज्ञवालीले नेताहरूबीचमा अनौपचारिक छलफल पनि जारी रहने बताए।