राप्तीका उपमेयरको गाडी दिर्घरोगीलाई अस्पताल लैजान प्रयोग

May 10, 2021 10:01 am

लक्ष्मण सापकोटा/चितवन,वैशाख २७
नेपालमा कोरोना भाइरसवाट संक्रमित हुनेको संख्या वढेपछि निषेधाज्ञा लागु भएको जिल्ला मध्य चितवन पनि एक हो । चितवनमा निधेषाज्ञा जारी भएपछि सवारी नचल्दा दिर्घरोगीहरु समस्यामा पर्न थालेका छन् । दिर्घरोगीहरुलाई समस्या हुन थालेपछि चितवनको राप्ती नगरपालीकाका उपमेयर इमान सिंह लामाले आफ्नो गाडी दिर्घरोगीलाई अस्पताल लैजान प्रयोग गरिरहेका छन् । चितवनमा निषेधाज्ञा लागु भएदेखी निरन्तर दिर्घरोगी विरामीहरुको फोन आउन थालेपछि आफ्नो गाडी विरामीलाई अस्पताल लैजान र अस्पताल देखी घर सम्म पुर्याउन प्रयोग गरिरहेको उपमेयर लामाले जानकारी दिए ।

अघिल्लो वर्ष पनि कोरोना संक्रमण वढेपछि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका ११७ जना दिर्घरोगीलाई आफ्नो गाडीमा अस्पताल लैजान प्रयोग गरेका लामाले यस वर्षपनि यो कार्यलाई निरन्तरता दिएका हुन । राप्ती नगरपालिका भित्र १६३ दिर्घरोगी रहेकोमा ८० जना भन्दा वढि सम्र्पकमा आएको र उनिहरुको आवश्यकता अनुसार अस्पताल लैजाने ल्याउने ब्यवस्था मिलाइएको लामाले वताए ।

कोरोनाको विरामीहरुको लागी के गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा लामाले कोरोनाको विरामीको लागी भण्डारा अस्पतालमा अक्सिजन सहित २० वेडको आाइसोलेसन ब्यवस्था गरिएको वताए । नगरपालिकाले ८ वटा एम्वुलेन्स निःशुल्क रुपमा संचालन गरि कोरोनाको विरामीलाई सेवा दिदै आइरहेको, कोरोना विरामीसंग चिकित्सकहरु निरन्तर सम्पर्कमा रहेको , एन्टीजेन टेस्ट निःशुल्क र नगरभित्र सचेतनामुलक प्रचार प्रसार पनि गरिरहेको लामाले जानकारी दिए ।