भरतपुरमा “हेप्पी न्यू इयर म्यूजिकल नाईट” हुने

March 27, 2023 7:59 pm

चितवन : नयाँवर्षको अवसर पारेर चितवनमा हेप्पी न्यू इयर म्यूजिकल नाईट २०८० को आयोजना गरिने भएको छ । स्नेहा आश्रमको सहयोगार्थ भरतपुर महानगरपालिका वडा नं. १६ शरणपुरमा म्यूजिकल नाईट आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक अनिश जोशीले जानकारी दिए ।

नववर्षको दिन बैशाख १ गते अपरान्ह ५ वजे शरणपुर झनझनेमा रहेको सेतीदेवी राइनो रिसोर्टमा हुने म्यूजिकल नाईटमा चर्चित कलाकारहरुले सांगितिक प्रस्तुती रहने सुरेश जोशीले जानकारी दिए । कार्यक्रममा मिलन नेवार (वीथ ब्याण्ड), गायिका विन्दु परियार, हाँस्यकलाकार सुुलेमान (ईकु), चर्चित लोकदोहरी गायिका वविता बस्नेत, राजेश राई, अमर तामाङ मोडल रञ्जु सोम्यानलगायतको सहभागिता रहने आयोजकले जनाएको छ । सांगीतिक कार्यक्रममा रमाउनेहरुका लागि रु ३०० को टिकटको व्यवस्था गरिएको छ ।