रत्ननगर स्थित गठबन्धनको कार्यालयमा तालाबन्दी 

November 2, 2022 12:33 pm

रत्ननगर । चितवनको रत्ननगरमा रहेको गठबन्धनको निर्वाचन केन्द्रीत कार्यालयमा बुधवार तालाबन्दी गरिएको छ । गठबन्धनप्रति असन्तुष्टी जनाउदै आएका नेपाली कांग्रेस युवाहरुले चितवन क्षेत्र नं १ प्रदेश सभा “ख” कार्यालयमा तालाबन्दी गरेका हुन । नेपाली काँग्रेस निकट ३० देखि ४० जना युवाहरु सौराहाचोक स्थित कार्यालयमा पुगेर ताला लगाएको बुझिएको छ । गठन्बधनको सबै भन्दा ठुलो दल नेपाली कांग्रेस भित्र उम्मेदवारकै विषयमा असन्तुष्टी रहेको छ । निर्वाचन गतिविधिलाई सशक्त बनाउन नसकेको भन्दै नेतृत्वको आलोचनाका बीच युवाहरुले गठबन्धनको कार्यालयमा तालाबन्दी गरेका हुन ।