रत्ननगरमा दुई युवाले खोले स्वर्ण लक्ष्मी ट्रेड सेन्टर

June 23, 2022 3:54 pm

रत्ननगर, असार ९
रत्ननगरको बकुलहरमा दुई युवाले स्वर्ण लक्ष्मी ट्रेड सेन्टर संचालनमा ल्याएका छन् । रत्ननगरका युवा ब्यवसायी प्रकाशमणी सापकोटा र उमेश पोखरेलले युएईको सुपर जनरल व्राण्डका सामान बिक्री गर्ने गरी व्यवसाय संचालनमा ल्याएका हुन् । दुबईको बाठा ग्रुपका क्षेत्रीय निर्देशक मोहमद मशी अहमदले बिहीबार रिबन काटेर सेन्टरको उद्‌घाटन गरेका हुन् । सेन्टरमा टिभी, फ्रिज, वासिङ मेशिन लगायत घरमा प्रयोग हुने सुपर जनरलका इलेक्ट्रोनिक्स सामग्री उपलब्ध हुने व्यवसायी सापकोटाले बताए । समग्र पूर्वी चितवनबासीहरुको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले गुणस्तरीय सामान सहितको पसल सञ्चालनमा ल्याएको उनको भनाई छ । विश्व प्रसिद्ध कम्पनी सुपर जनरलका इलेक्ट्रोनिक्स सामान भएका कारण गुणस्तरियतामा ग्यारेन्टी गर्न सकिने सापकोटाले बताए ।