रत्ननगर १५ को वडाध्यक्षमा तामाङको अग्रता

May 19, 2022 3:30 pm

रत्ननगर वडा नं. १५ को ८०४ मत गणना गर्दा वडाध्यक्षमा एमालेले अग्रता कायम राखेको छ । मत गणना सुरु भएदेखी अग्रता लिएका एमालेका आशिक तामाङले समाचार तयार पार्दा सम्म १३४ को अग्रता लिएका छन् । तामाङले ३७८ मत प्राप्त गर्दा कांग्रेसका दण्डपानी लामिछानेले २४४ मत पाएका छन् । तामाङ र लामिछानेलाई पछ्‌याइरहेका माओवादीका दिल बहादुर बुढाथोकीले १२६ मत मात्र प्राप्त गरेका छन् ।