रत्ननगरमा एमालेको शक्ति प्रर्दशन, हजारौं सहभागी

May 10, 2022 5:28 pm

रत्ननगर २७ बैशाख । चितवनको रत्ननगर नगरपालिकामा नेकपा एमालेले सोमबार शक्तिप्रर्दशन गरेको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरी सो पार्टीले चुनावी सभा र घरदैलो मार्फत शक्ति प्रर्दशन गरेको हो । चुनावी अभियान अन्तर्गत बजार क्षेत्रमा हजारौ सहभागी गराएर सो पार्टीले घरदैलो गरेको हो । कार्यक्रममा मेयर पदकी उमेदवार विमला दुवाडी,उपमेयर पदकी उमेदवार यादब पाठक,वडाअध्यक्ष तथा वडा सदस्यका उमेदवार सहित नेता,कार्यकर्ता तथा मतदाता गरी हजारौंको सहभागिता रहेको थियो । सौराहाचोक र टाँडीचोकको बीचमा रहेको बसपार्कबाट सुरु भएको प्रर्दशनात्मक ¥यालीले बजार क्षेत्र परिक्रमा गरेको थियो । बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमालेको शक्ति कमजोर नभइ बढ्दै गएको बताए । पार्टी फुटेर एमाले कमजोर भएको छ भन्ने भ्रम छ भने हटाउदा हुन्छ उनले भने एमाले झन झन बलियो हुँदै गएको छ । उनले स्थानीय तहको निर्वाचनमा एमाले पहिलो हुने दावी गरे । नीति,सिद्धान्त र कार्यदिशाले एमाले जनातको माझमा लोकप्रिय पार्टी रहेको भन्दै पाण्डेले एमालेलाई कम आकलन नगर्न चुनौती दिए । नेता पाण्डेले एमालेको सरकारले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने बताए । सुकुमबासीलाई लालपूर्जा दिने एक मात्र पार्टी एमाले हो उनले भने स्थानीय तहमा एमालेको सरकार हुन्छ र उसैले सुकुमबासीलाई लालपूर्जा वितरण गर्छ । उनले कम्युनिष्ट पार्टीको मुल शक्ति एमाले भएकाले माओवादी र समाजबादीलाई पनि सुर्यमा मतदान गर्न आग्रह गरे । एमालेले जित्यो भने सिंगो देश सिंगो नगर राम्रो हुन्छ उनले भने विकास र समृद्धिको लागि एमाले छान्नु पर्छ । कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज काशिनाथ अधिकारीले यस पटकको स्थानीय तहको निर्वाचनमा एमालेले र्कितिमान कायम राख्ने बताए । हामीले अधिकाँस स्थानीय तह जित्दैछौं उनले भने अहिले पार्टी जीवनकै र्कितिमान कायम हुनेछ । नेकपा एमाले रत्ननगर नगरकमिटीका अध्यक्ष इश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएकोकार्यक्रममा मेयर पदकी उमेदवार दुवाडी,उमेयर पदका उमेदवार यादव पाठकले रत्ननगरको विकासको लागि पार्टी र आफुले अधिसारेका विकासको योजनाको बारेमा मन्तव्य राखेका थिए ।